कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

पशु अस्पताल तथा पशु सेवा कार्यालय

दैलेख

परिचय

पशु सेवा कार्यालय २०३८ सालदेखि बिभिन्न नामले नामाकरण भई हाल पशु अस्पताल तथा पशु सेवा कार्यालयको रुपमा स्थापना भई अनवरत रुपमा पशु विकास सम्बन्धि विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गर्दै आईरहेको छ । यस कार्यलयको स्थापना पश्चातको विवरण निम्नअनुसारको छ । १. मिति २०३७/१२/२४ को सरकारको निर्णयानुसार पशु चिकित्सालयको रुपमा नामाकारण भएको । २. आ.व. ०३८/०३९ मा खाद्य तथा कृषि मन्त्रालय जिल्ला कृषि शाखा अन्तरगत पशु चिकित्सा इकाईको रुपमा स्थापित । ३. मिति २०४२ /०४/०३ को निर्णयानुसार जिल्ला पञ्चायत सचिवालय अन्तरगत पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा नामाकरण भएको । ४. मिति २०४५/०५/१० को निर्णयानुसार जिल्ला पशु सेवा शाखाको रुपमा नामाकरण भएको । ५. २०४९ सालमा कृषकहरुलाई एउटै छानाबाट सेवा प्रदान गर्ने उद्देश्य अनुरुप जिल्ला कृषि विकास कार्यालय अन्तरगत पशु सेवा कार्यक्रम संचालन भएको । ६. मिति २०५२/०३/०५ को कृषि मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०५२/४/१ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको ।७. नेपाल सरकारको मिति २०७२ पौष ९ गतेको निर्णयद्धारा पशुपन्छी बिकास मन्त्रालयको संगठनात्मक सुधार अनुसार मिति २०७२/०८/१३ देखि लागु हुने गरी पशु सेवा विभाग अन्तरर्गत जिल्ला पशु सेवा कार्यालयको रुपमा स्थापना भएको । ८. नेपाल संघियतामा गए सँगै कर्णाली प्रदेश सरकारको मिति २०७६/०५/०६ गतेको निर्णय अनुसार प्रादेश सभा सदस्य मा.अमर बहादुर थापा बाट साबिकको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाट पशु अस्पताल तथा पशुसेवा कार्यालयको रुपमा मिति २०७६/०६/१४ उद्याटन भई सेवा संचालन भएको ।